स्पेन भ्रमणमा सरकारी प्रतिनिधीमण्डल बाहेक गएको भन्ने विषयमा छानविन गर्न निर्देशन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधीमण्डल बाहेक गएको भन्ने विषयमा निश्पक्ष छानविन गर्न निर्देशन दिएका छन् ।
मन्त्री लेखकले सोमबार स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिब गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन् । गृहमन्त्री लेखकले निर्देशन दिदै भने- ‘प्रधानमन्त्री ज्यूको प्रतिनिधी मण्डल बाहेक स्पेन को को गए ? कुन विधिप्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानविन गर्न निर्देश गरेको छु । जानका लागि भिजिट भिषाको प्रवन्ध कस्ले गर्यो ? लगायतका विषयमा अनुसन्धान हुनेछ ।’ उनले भने- ‘यस विषयमा दोषी देखिएकाहरुलाई कारबाही गरिने छ ।’
उक्त विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरो खटिनेछ। प्रधानमन्त्री ओली गत असार १४ गते स्पेन भ्रमणमा गएका थिए।