नेशनल लाइफद्वारा वर्षदिनमा ६ अर्ब प्रथम बीमा शुल्क आर्जन

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रथम बीमा शुल्क आर्जनमा ऐतिहासिक सफलता हासिल गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१–८२ मा ६ अर्ब बढी रुपैयाँको नयाँ व्यवसाय गरेर उक्त ऐतिहासिक सफलता हासिल गरेको हो । कम्पनीको इतिहासमै नेशनल लाइफ इन्स्योरेन्सले ६ अर्ब रुपैयाँको प्रथम बीमा शूल्क आर्जन गरेको यो प्रथम पटक हो । कम्पनीको नीतिगत र व्यवसायीक रणनीती तथा क्षमतावान कर्मचारीको शतप्रतिशत कार्यसम्पादनले सो सफलता हासिल गरेको जनाएको छ । कम्पनीले उक्त सफलतालाई सम्पूर्ण कर्मचारी,अभिकर्ता तथा स्टेक होल्डरहरु मिलेर भव्य रुपमा मनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्नुहुने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीमा विश्वास गरी बीमा गर्नुहुने बीमितहरु, कम्पनीको मेरुदण्डको रूपमा रहेका बीमा अभिकर्ताहरू, कम्पनीका कर्मचारीहरू, शेयरधनी महानुभावहरु, नियामक निकायहरू तथा यस ऐतिहासिक लक्ष्यलाई मूर्तता प्रदान गर्न अहोरात्र सहयोग गर्ने सम्पूर्ण सरोकारवालाहरूमा धन्यवाद व्यक्त गरेका छन् । कम्पनीका देशभरी छरिएर रहेका शाखा कार्यालय र अभिकर्ताहरुले समेत विभिन्न स्थानमा आफ्नो समयानुकुल रुपले उक्त सफलतालाई मनाएका छन् । कम्पनीले अभिकर्ताहरुको संघर्ष र कठोर मिहिनेतले गर्दा उक्त सफलता हासिल गरेको भन्दै तारिफ गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *