एमालेसँग एकता सम्भव छैन- माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्तारुढ दल नेकपा एमालेसँग अहिले कुनै पनि खालको एकताको सम्भावना नभएको बताएका छन् ।

साथै, उनले कोही पनि नेता कार्यकर्ता एमालेसँगको लसपसमा रहेको भए पनि केही भन्न नसक्ने बताए । ‘अहिलेको बिन्दुमा उभिएर भन्ने हो भने नेकपा एमालेसँग एकताको कुनै सम्भावना छैन । त्यहाँ भित्रको अवस्था हामीले देखिरहेका छौँ । त्यसप्रति लसपस कसैको छ भने आशा छ भने मेरो भन्नु केही पनि छैन,’ अध्यक्ष नेपालले भने ।

शुक्रबार आफ्ना पुराना सहकर्मी बामदेव गौतमलाई पार्टीमा स्वागत गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *