एनआईसी एशिया बैंकका सञ्चालक संघई सीआईपीबाट सम्मानित
काठमाडौँ । एनआईसी एशिया बैंकका संचालक रामचन्द्र संघई नेपाल सरकारले प्रदान गर्ने महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी)बाट सम्मानित भएका छन् । मुलुकको वाणिज्य क्षेत्र, निर्यात तथा समग्र अर्थतन्त्रमा विशेष योगदान पुर्याएको भन्दै नेपाल सरकारले उनलाई सम्मान गरेको हो । नेपाल सरकारले मुलुकको अर्थतन्त्र तथा वाणिज्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने विशेष व्यक्तिहरुलाई उक्त सम्मान प्रदान गर्दै आएको छ ।