गायिका रानी निरौलाको नयाँ गीत ‘चोली ढाकाको’

काठमाडौँ । पूर्वेली गीत गायनमा आफ्नो फरक परिचय बनाएकी गायिका हुन रानु निरौला । रानुले यति बेला आफ्नो स्वरमा लोक दोहोरी गीत ‘चोली ढाकाको’…दर्शकमाझ ल्याएकी छिन् । रानुको ‘चोली ढाकाको’ गीत कर्णप्रिय बनेको छ । यो गीतको भिडियोलाई मेला डिजिटलको युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतमा महेश मुखिया सुनुवारको संगीत रहेको छ । पूर्वेली लोक लयमा आधारित यो गीतमा रानु निरौलालाई पुरुष स्वरमा महेश मुखिया सुनुवारले साथ दिएका छन् । यो गीतलाई सहदेब कालीकोटेले लेखेका हुन् । गीतलाई आदेश गुर्मछानले संगीत संयोजन गरेका हुन् । सुवास कुथुमी राईको रेकर्डिस्ट, मिक्सिङ र मास्टरिङ रहेको यो गीतलाई मेला रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

यो गीतको भिडियोमा विजय पुन र रमाला लिम्बुको शीर्ष मोडलिङ रहेको छ । म्युजिक भिडियोलाई गीत जस्तै नृत्य प्रधान बनाइएको छ । सूर्य ओलीले निर्माण नियन्त्रण गरेको यो गीतको भिडियोमा महेश महराको छायांकन, साइमन राजवंशीको कोरियोग्राफर, समीर राईको भिडियो निर्माण व्यवस्थापन, अर्जुन खड्काको सम्पादन तथा रंग संयोजन रहेको छ । यो गीतको भिडियोलाई जीवन शाहीले निर्देशन गरेका हुन् ।

रानी निरौलाको नयाँ गीत ‘चोली ढाकाको’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *