पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्जरमा जाँदै

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेड मर्जमा जाने भएका छन् । दुई संस्थाबीच एक आपसमा गाभिने विषयमा प्रारम्भीक सम्झौता भएको पोखरा फाइनान्सले जनाएको छ । दुई फाइनान्स समान हैसियतमा मर्ज भएमा चुक्तापुँजी बढेर एक अर्ब ९० करोड १४ लाख रुपैयाँ पुग्नेछ । हाल पोखरा फाइनान्सको चुक्तापुँजी एक अर्ब आठ करोड २५ लाख रुपैयाँ छ । समृद्धिको ८१ करोड ८९ लाख रुपैयाँ छ । नेपाल राष्ट्र बैंकले फाइनान्स कम्पनीको न्यूनतम चुक्ता पुँजी ८० करोड रुपैयाँ तोकेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा पोखरा फाइनान्सले सात करोड १९ लाख रुपैयाँ खुदनाफा गरेको छ । फोखरा फाइनान्सको सञ्चित कोष (रिजर्भ) आकार एक अर्ब आठ करोड रुपैयाँ छ । उसको प्रतिसेयर आम्दानी ८.८७ रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ४८.७५ रुपैयाँ रहेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । समृद्धि तीन करोड ५७ लाख रुपैयाँ नोक्सानमा छ । समृद्धिको रिजर्भ २५ करोड ५४ लाख रुपैयाँ रहेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । पोखराको तुलनामा समृद्धिको वित्तीय अवस्था कमजोर देखिएको छ । समृद्धिको प्रतिसेयर आम्दानी ४.३६ रुपैयाँ ऋणत्मक छ । उसको प्रतिसेयर नेटवर्थ ५३ रुपैयाँ रहेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *