प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता 

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

एमाले मुख्यालय च्यासलमा केहीबेरदेखि उनीहरूबीच भेटवार्ता सुरु भएको हो । दिउँसो ३ बजेका लागि तय भएको भेटघाट प्रधानमन्त्री ओलीको कार्य व्यस्तताका कारण केहीबेर ढिलोगरी सुरु भएको हो ।

भण्डारी ओलीलाई भेट्न च्यासल पुगेकी हुन्। उनी च्यासल पुगेको केहीबेरपछि मात्रै ओली पुगेका थिए। भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरिसकेकी छन्। तर, ओलीले उनलाई पार्टीको राजनीतिमा फर्कनबाट रोक्न खोजेका छन्।

शनिबार सम्पन्न एमाले पोलिटब्यूरो बैठकले भण्डारीको पार्टी सदस्यता नवीकरणको विषय नै पेन्डिङमा रहेको भन्दै उनलाई तत्काल पार्टीको नेतृत्वमा ल्याउन नसकिने निष्कर्ष निकालेको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *