एनआईसी एशियाका ग्राहकलाई एएसजी आई केयरमा छुट
काठमाडौं । एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिस प्रालिबीच बैंकका ग्राहकको आँखा उपचार सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । यस सम्झौतासँगै अब यस बैंकका ग्राहकले एएसजी आई केयर एण्ड हेल्थ सर्भिसमा आँखा उपचार सेवा लिई डिजिटल भुक्तानी गर्दा विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् ।
ग्राहकले सर्जरी प्रोसिड्युअरमा १५ प्रतिशत वा बढीमा १० हजार रुपैयाँसम्म, माइनर इन्भेष्टिगेशन र अप्टिकल लेन्समा १० प्रतिशतको छुटका साथै पहिलो पटक सेवा लिने ग्राहकले ओपीडी शुल्क र दर्ता शुल्कमा पूर्ण छुटको सुविधा उपभोग गर्न सक्ने छन् । यस सुविधाको उपभोग गर्न ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।