गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दुईजना मृत फेला
काठमाडौँ । गोसाइँकुण्डमा स्नान गर्ने क्रममा बेपत्ता भएका दुईजना मृत फेला परेका छन् ।
गोसाइँकुण्डमा स्नान गर्ने क्रममा आइतबार विराटनगर महानगरपालिका-३ ढाटका २६ वर्षीय सुजन ढकाल र बेलबारी नगरपालिका–११ का २८ वर्षीय मनोज न्यौपाने बेपत्ता भएका थिए । उनीहरू दाजुभाइ (मामा-फुपुका छोराहरू) हुन् । सोमबार बिहान मृत अवस्थामा उनीहरू फेला परेको प्रहरीले जनाएको छ । मनोज काठमाडौं बस्दै आएका थिए । काठमाडौंबाट साथीभाइसँग उनीहरू १० साउनमा गोसाइँकुण्ड गएका थिए । आइतबार गोसाइँकुण्डमा स्थान गर्ने क्रममा दुवै बेपत्ता भएका थिए ।
एक जना चिप्लिएपछि अर्का उद्दार गर्न गएका थिए । उद्धार गर्न खोज्दा दुवै जना बेपत्ता भएका थिए । एक जना भाइ नुहाउने क्रममा चिप्लिएपछि अर्का भाइ उनको उद्धार जाँदा यस्तो घटना भएको बताइएको छ ।