नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय लिडरसिप एक्सिलेन्स अवार्ड्स सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय लिडरसिप एक्सिलेन्स अवार्ड्स २०२५ भव्यतापूर्वक सम्पन्न भएको छ । द सोल्टी काठमाडौंमा साउन १६ देखि १८ गतेसम्म चलेको कार्यक्रम ‘लायन वर्षः लिड, रोअ, रिपिट नाराका साथ सम्पन्न भएको हो । उक्त कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने ४४० एजेन्सी तथा एजेन्सी मेनेजरहरू र कम्पनीका कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो । पानसमा दीप प्रज्वलन गरी कम्पनीका संचालक कमलेश कुमार अग्रवाल, संचालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको समुद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै संचालक समितिका सदस्य कमलेश कुमार अग्रवालले आव २०८१।८२ मा कम्पनीले प्रथम बीमा शुल्कमा ऐतिहासिक १० अर्बको कोसेढुङ्गा पार गरेकोमा सम्पूर्ण अभिकर्ता र कर्मचारीहरूलाई बधाई तथा धन्यवाद प्रकट गरे । कार्यक्रममा बोल्दै संचालक विमल प्रसाद ढकालले गत आवमा गर्नुभएको उत्कृष्ट प्रदर्शनका निम्ति सम्पूर्ण अभिकर्ता तथा कर्मचारीहरूलाई धन्यवाद दिए । आर्थिक मन्दीको बीच पनि उत्कृष्ट प्रदर्शन गर्न नेपाल लाइफका अभिकर्ता अब्बल रहेको कुरा बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्मानित भएका अभिकर्तालाई बधाई तथा शुभकामना प्रदान गरे । कार्यक्रममा सम्बोधन गर्दै उनले तिमीहरूलाई गत आवको कार्यसम्पादनका लागि धन्यवाद दिए र चालु आवको व्यापार लक्ष्य पूरा गर्न सुरुबाटै दत्तचित्त भई कार्य गर्न आव्हान गरे । गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८२।८३ मा सेल्स रणनीतिका बारेमा सम्मेलनमा जानकारी दिए । कार्यक्रममा बोल्दै कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले २०८१।८२ को व्यावसायिक लक्ष्य प्राप्तिमा सहयोग गर्ने सम्पूर्ण अभिकर्ता, सेल्स टिमका महानुभावहरू तथा समस्त कर्मचारीहरूलाई धन्यवाद दिए । उनले कम्पनीले गत वर्ष आफूलाई थप सबल बनाउन संरचनात्मक परिवर्तनहरू गरेको, जसले सेवा प्रवाह थप चुस्त९दुरुस्त भएको र यसले व्यवसाय गर्न सहज भएको बताए ।

त्यस विशेष समारोहमा बोल्दै पेशागत बिमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीले गत आ।व।को लक्ष्य प्राप्तिमा सहयोग गर्ने सम्पूर्ण अभिकर्ता तथा कर्मचारीहरूलाई अन्तरमनदेखि धन्यवाद दिए । उनले आगामी वर्षको लक्ष्य प्राप्तिका लागि अहिलेको अभिकर्ता टिम सक्षम रहेको र कम्पनीले लिएको टार्गेटलाई एचिभ गर्न दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे । पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसीले गत वर्षको लक्ष्य प्राप्तिका लागि सबै अभिकर्तालाई धन्यवाद दिए । उनले नेपाल लाइफका अभिकर्ता नेपालकै सबैभन्दा अब्बल र सक्षम रहेको र यस दौरानमा सिकेको सिप र अनुभवलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्दै बीमाको पहुँचलाई अभिवृद्धि गर्न तयार रहेको बताए । कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट १११ र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ३२९ अभिकर्तालाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानको साथै ९६ जनालाई सम्राट पदक, ८७ जनालाई रत्न पदक र २५७ जनालाई समृद्धि पदकबाट विभूषित गरिएको थियो । त्यस्तै, एजेन्सी मेनेजर तर्फबाट क्रमशः नेपाल प्रथम, द्वितीय र तृतीय हुने मदन भट्ट, स्नेहा भट्ट र बसन्ती शर्मा, तथा व्यक्तिगत कोड तर्फबाट क्रमशः नेपाल प्रथम, द्वितीय र तृतीय हुने सुमित्रा भट्ट, अर्बिन राजबंशी र आयुष कुँवरलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो । तीन दिनसम्म चलेको कार्यक्रममा मोटिभेशनल स्पीकर तथा कमेडियन सन्दीप क्षेत्रीको विशेष प्रस्तुति पनि रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *