स्वर्गिय श्यामबहादुर कार्किको संझनामा
उनका पथमा
गम्कि नहिड
नेता हुं भनी
चम्कि नहिडं ।१
आधार खोज
काङ्ग्रेस बचाउँ
माया मोहले
जन सजाउँ। २
थियो नि उनको
कमलो मन
कमि थिएन
मायाँको धन ।३
स्वतन्त्र बादि
रणमा डुल्थे
राष्टका चिन्ता
गरी मन भुल्थे ।४
गरेर साध्यै
भएन भन्थे
साना ठुलाका
आदर बन्थे।५
बहुदल आयो
खुल्ला गरेर
खोई के भयो त
सपूत मरेर ।६
राजा हटायौ
खोसि श्रीपेच
गणतन्त्र ल्यायौ
खोज्यौ दाउँपेच ।७
माया दिनेथे
दुख भोगेको
पुराना याद
भन्थे पोखेको ।८
जेलनेल कष्ट
सुन्थें भावना
मनको उद्गार
गर्थे सामना ९
राज्यमा न्याय
भर्न सकेनौ
काङ्ग्रेस भाव
छर्न सकेनौ ।१०।।
शिष्यले गुरु
किन मानेनन्
गुरुले शिक्षा
दिन जानेनन् ।११
कि बिपी मोह
तोड्न खोजियो
राजनिती नौलो
मोड्न खोजियो ।१२
भन्थे पुकारी
म शिष्य मानि
उनका बोलि
थियो नि ज्ञानी ।१३
महान थिए
गुणवान धनी
सबैको आदर
पाउँथे हिड्दानि । १४

बिपी धरातल
नबिर्से हुन्थ्यो
उदगार गर्थे
अरु नेता कुन थ्यो ।१५
ई थिए नेता
सबैले मान्य
पक्ष बिपक्ष
कोहि नठान्ने ।१६
अहिले काङ्ग्रेस
पार्टी गुट भो
पदिय लोभले
मुर्ख छुटभो ।१७
३६,७४
फेरि बन्लानि
मित्रता शत्रु
ठिक भन्लानि ।१८
होस पुराई
भाइ फुट्नु हुन्न
गल्ति सुधार
अब छुट्नु हुन्न ।१९
भाषण गर्छौ
आफूसद्धे बनी
छोड्दैनौ पद
उमेर गएनि।२०
दोष भएमा
जिम्मा लिदैनौ
राम्रो गर्नेलाई
स्यावास् दिदैनौ ।२१
गाउँमा सधैं
कर्मठ थिए
मायाँले सबै
मन जिति लिए ।२२
अबका दिनमा
बिचार गर है
गाउँमा डुलि
मायाँ भर है ।२३
खुसि नहुदाँ
पनि मान्छौं हर्ष
बिति गएछ
अठारै बर्ष ।२४
यस्ता नेतालाई
जुन रुपमा लिन्छौ
आजै भनत
कुन दर्जा दिन्छौ ।२५
शरीर छैन
तिमी छौ जहाँ
राजनिती धार
सहि होस् यहाँ ।२६
काङ्ग्रेस भित्र
नभए क्रान्ति
उनका आत्माले
पाउने छ शान्ति ।२७