नव काभ्रेलीको २५ औ स्थापना दिवस सम्पन्न, बचतकर्ताको बचत सुनिश्चित गर्ने प्रतिवद्धता
नव काभ्रेली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५ औ स्थापना दिवस भव्यताका साथ सम्पन्न गरेको छ । सस्थाले एक विशेष कार्यक्रमको आयोजना गर्दै रजत जयन्ती मनाएको हो। कार्यक्रमका सभापति एवम् सस्थाका अध्यक्ष गणेश बहादुर अधिकारीले कार्यक्रमलाई सम्बोधन गर्दै बचतकर्ताको बचत रकम सुनिश्चित गर्ने प्रतिवद्दता समेत जनाए । सस्थाको वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०८१।८२मा संस्थाले ४ करोड ७५ लाख २० हजार ३९३ रुपैयाँ आम्दानी गरेको छ।
जसमा ४ करोड ४४ लाख ७० हजार ८३२ रुपैयाँ खर्च गरेको छ। त्यसैगरी संस्थाले ३० लाख ४९ हजार ५६० रुपैयाँ बचत गरेको प्रतिवेदनले देखाएको छ । हाल सस्थामा १ हजार ९३ सदस्य रहेका छन् । सस्थाले २५ औं स्थापना दिवसको अवसरमा स्थापक सदस्य, ज्येष्ठ नागरिक सदस्य, उत्कृष्ट कारोवार सदस्य लगाएतलाई सम्मान गरिएको थियो । कार्यक्रममा सञ्चालक समिति, सेयर सदस्य, बचतकर्ता र अन्य विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।