टप एण्ड टी-२० सिरिजमा नेपालले आज एनटी स्ट्राइकसँग खेल्दै
काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो पहिलो खेलमा नेपालले आज स्थानीय टोली नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग खेल्दै छ ।
डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा २ बजे सुरु हुनेछ । एनटी स्ट्राइकले सन् २०२३ मा भएको सिरिजको पहिलो संस्करणको उपाधि जितेको थियो भने गत वर्ष सेमिफाइनलसम्म पुगेको थियो । टोलीमा बिग ब्यासको राम्रो अनुभव भएका खेलाडीहरू छन् ।
अस्ट्रेलियाको नार्थर्न टेरोटोरी क्रिकेटले आयोजना गर्ने यो प्रतियोगिता अगस्त १४ देखि २४ सम्म अस्ट्रेलियाको डर्विनमा हुदै छ । नेपालले यसपछि १६ अगस्तमा बंगलादेश ए , १८ अगस्तमा मेलवर्न स्टार्ससँग, १९ अगस्तमा होबर्ट हुरिक्यान्ससँग, २० अगस्तमा मेलवर्न रेनेगेड्स र २२ अगस्तमा पाकिस्तान ए सँग खेल्ने तालिका रहेको छ ।