बजेट महाशाखामा दाहाल भित्रिए, भन्सार विभागको महानिर्देशकमा भण्डारी

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका १२ सहसचिवको सरुवा तथा पदस्थापन भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विभागको महानिर्देशकदेखि भन्सार कार्यालयका प्रमुखहरू फेरेका हुन् । सहसचिव सुमन दाहाल अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखामा भित्रिएका छन् ।

उनी हालै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकबाट अर्थ मन्त्रालय सरूवा भएका थिए । भन्सार विभागका महानिर्देशक महेश भट्टराईलाई मन्त्रालय तानिएको छ । उनी ६ महिनामै भन्सार विभागबाट मन्त्रालयमा तानिएका हुन् । टंकप्रसाद पाण्डेलाई योजना अनुगमन तथा मूल्यांकन महाशाखा पठाइएको छ । यो महाशाखाका सहसचिव श्यामप्रसाद भण्डारीलाई भन्सार विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *