बाबर र रिजवानलाई बाहिर राख्दै पाकिस्तानले सार्वजनिक गर्यो एसिया कप खेल्ने टिम
काठमाडौं । पाकिस्तान क्रिकेट बोर्डले बाबर आजमलाई बाहिर राख्दै एसिया कप २०२५ खेल्ने पाकिस्तानी क्रिकेट टिमको घोषणा गरेको छ ।
आइतबार बोर्डले सलमान अली आघाको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरेको हो । पाकिस्तानले आफ्ना स्टार खेलाडी बाबर आजम र विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवानलाई बाहिर राखेको छ । एसिया कप अघि यस पाकिस्तानी टिमले युएईमा अफगानिस्तान र युएईसँग त्रिकोणात्मक टी-२० सिरिज खेल्ने तालिका रहेको छ ।
पाकिस्तानको टिम- सलमान आघा (कप्तान), अबरार अहमद, फहीम अस्रफ, फखर जमान, ह्यारिस राउफ, हसन अली, हसन नवाज, हुसैन तलत, खुर्शदिल शाह, मोहम्मद ह्यारिस (विकेटकिपर), मोहम्मद नवाज, मोहम्मद वसीम जुनियर, साहिबजादा फारहान, साइम अय्युब, सलमान मिर्जा, शाहिन शाह अफ्रिदी र सुफयान मोकीम रहेका छन् ।