प्रभु बैंकका ग्राहक र कर्मचारीलाई न्युरोडको जोय स्टोरमा सामान किन्दा छुट
काठमाडौं । प्रभु बैंकका ग्राहक र कर्मचारीले काठमाडौंको न्युरोडस्थित जोय स्टोरमा सामान किन्दा छुट पाउने भएका छन्। बैंकका अनुसार कर्मचारी र ग्राहकले जोय स्टोरमा आईफोन र म्याकबुक किन्दा ५ प्रतिशत र आईफोन र म्याकबुकको अन्य सामग्रीहरू किन्दा २० प्रतिशत छुट पाउनेछन्। साथै क्रेडिटकार्ड होल्डरहरूले इन्स्ट्रापे स्कीमबाट किस्ताबन्धी सुविधा पनि पाउनेछन्। यस छुट सम्झौतामा बैंकका तर्फबाट चिफ मार्केटिंग अफिसर रमेश कुमार श्रेष्ठ र जोय स्टोरका तर्फबाट कार्यकारी निर्देशक गुरु दत्त शर्माले संयुक्त हस्ताक्षर गरेका छन्।
‘बैंक अफ द इयर २०२३’ को उमाधिबाट सम्मानित प्रभु बैंकले देशभर ३१२ शाखा कार्यालय, २८६ एटीएम ६८ एक्सटेन्सन काउन्टर मार्पmत करीब ३१ लाखभन्दा बढी ग्राहकहरूलाई बैंकिंग सेवा दिंदै आइरहेको छ।