हुन्डाई नेपालद्वारा ‘दसैँ–तिहार, १० गुणा उपहार अफर सार्वजनिक
काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले दसैँ–तिहारलाई लक्षित गर्दै विशेष अफर “दसैँ–तिहार, १० गुणा उपहार” घोषणा गरेको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले गाडी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको नगद छुट पाउनेछन्। साथै, स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्म थप छुट जित्ने अवसर समेत रहने कम्पनीले जनाएको छ।
ग्राहकहरूले २० हजार रुपैयाँसम्मको लोयल्टी बोनसका साथै १ वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र सडक कर सुविधा पनि पाउनेछन्। हरेक गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ। दशैं–तिहार, छठलगायत चाडपर्वलाई लक्षित गरिएको यो अफर भदौ २ गतेदेखि सुरु हुने कम्पनीले जनाएको छ। ह्युन्डाई नेपालले सबैलाई नजिकैको शोरुममा पुगेर योजनाको फाइदा लिन आह्वान गरेको छ।