कांग्रेसले ईश्वरी न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापति बनाउने

काठमाडौं । नेपाली कांग्रेसले ईश्वरी न्यौपानेलाई राज्य व्यवस्था तथा शासन समितिको सभापति बनाउने भएको छ ।

आज बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरको हो । साथै हाल संसदीय सुनुवाइ समितिको सभापति रहेको न्यौपानेले राजीनामा पनि दिइएकि छन् ।

यस अगाडि कांग्रेसकै सांसद रामहरी खतिवडाले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियडमा विवादमा परेपछि नैतिक जिम्मेवारी लिदै राजीनामा दिएका थिए । संघीय संसद सचिवालयले समितिको सभापतिको निर्वाचनको कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म दर्ता गर्न सकिने समय रहेको छ । सभापति मनोनयनका लागि समितिका कुनै सदस्यलाई सम्बन्धित समितिको सभापतिमा निर्वाचित गरियोस् भनेर अर्को एक सदस्यको समर्थनसहित मनोनयन प्रस्ताव दर्ता गर्नुपर्ने छ । कार्यतालिकामा सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र बुधबार दिउँसो ३ बजे राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा निर्वाचन गर्ने तालिका छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *