नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र नेपाल मेडिकल एसोसिएसनबीच सम्झौता
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडिकल एसोसिएसनबीच व्यावसायिक सम्झौता भएको छ । यस सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र एसोसिएसनका अध्यक्ष डा. अनिल बिक्रम कार्कीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नेपाल मेडिकल एसोसिएसनका सम्पूर्ण सदस्यलाई बैंकको २७५ वटा शाखामार्फत विभिन्न सेवामा विशेष छुट उपलब्ध हुने भएको छ ।
जसअन्तर्गत प्रोफेशनल बचत खाता, दश लाखसम्मको दुर्घटना बीमा, व्यावसायिक कर्जा, साना तथा मझौला कर्जा, क्लिन सोसल कर्जा, व्यक्तिगत कर्जा, सवारी तथा घर कर्जा लगायतका सुविधामा विशेष प्रावधान गरिएको बैंकले जनाएको छ । साथै, डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ लगायतका सेवामा पनि छुटको व्यवस्था गरिएको छ । बैंकले यस सम्झौताबाट एसोसिएसनका हजारौं सदस्य प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरेको छ।