कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् ।
आइतबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन आग्रह गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
