रास्वपा सांसद श्रेष्ठद्वारा प्रधानमन्त्रीको राजीनामा माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेकी छन्, प्रधानमन्त्रीज्यू, तपाईंले आफ्नो वैधता गुमाउनुभएको छ । तपाईंले राजीनामा दिनैपर्छ ।’ उनले प्रदर्शनका क्रममा मृत्यु भएकाप्रति श्रद्धाञ्जली र घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना भनेकी छन् । ‘नेपाली मारेर शासन गरने– बच्चा मारेर शासन गरने नेपाल सरकार धिक्कार ! मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना’ उनले लेखेकी छन् ।