अत्यावश्यक सेवा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई सीमित कर्मचारीमार्फत अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले शुक्रबार जारी गरेको सूचनामा यस बैंकबाट इजाजतपत्र तथा अनुमतिपत्र प्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई आफ्नो व्यावसायिक निरन्तरतालाई मध्यनजर गर्दै नेपाल सरकार रक्षा मन्त्रालय, नेपाली सेनाले मिति २०८२ भदौ २५ गते जारी गरेको विज्ञप्ति नं १६ अनुसार आवतजावत हुने गरी सीमित कर्मचारीबाट आफ्ना संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारु गर्न भनिएको छ। यसका अतिरिक्त अन्य प्रणालीको हकमा जोखिमको आधारमा Remote Access मार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ। त्यस्तै, सञ्चालनमा आएका शाखा, एटीएम तथा उपलब्ध सेवासम्बन्धी सूचना आफ्नो वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउनुपर्ने उल्लेख छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *