उपत्यकामा खुले बैंकहरुको सीमित शाखा
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले काठमाडौं उपत्यकामा केही सिमित शाखा कार्यालय र उपत्यका बाहिर स्थानीय प्रशासनले दिनसक्ने सुरक्षा समेतका आधारमा बैंकिङ सेवा सुरु भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन समेतको आधारमा बिहीबार सिमित शाखाहरु मार्फत सेवा सुरु गरेको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताए । ‘बैंकको फ्रन्टमा देखिने केही कर्मचारीहरु कार्यालय आएर सेवा सुरु भएको छ । ब्याक अफिसमा काम गर्ने कर्मचारीहरुलाई घरबाट नै काम गर्ने व्यवस्था मिलाइएको छ, बैकर्स संघका अध्यक्ष कोइरालाले भने, ‘केही दिनदेखि रोकिएको क्लियरिङ, रेमिट्यान्स लगायका सेवा सुचारु भएको छ । अत्यावश्यक सेवाका लागि बैंकमा आउनेलाई सेवा सदिन सुरु भएको छ। उनले काठमाडौं उपत्यकमा केही शाखा कार्यलयहरु खुलेका बताए । त्यस्तै उपत्यका बाहिर स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वयन गरेर सुरक्षित रुपमा सेवा दिन भनिएको उनले बताए । स्थानीय प्रशासनले सुरक्षा दिने भनेको स्थानमा बैंकिङ सेवा सुरु हुने उनले बताए । कर्मचारीलाई बिहान १० बजेट कार्यालय पुगिसक्न र बेलुका ५ देखि ७ बजेको समयमा घर फर्कर्ने गरी व्यवस्था गर्न भनिएको उनले बताए । बैंकहरुको सेवा भने बिहान १० बजेदेखि दिउँसो २ बजेसमम सुचारु रहने उनले बताए । डिजिटल बैंकिङ सेवामा भने कुनै समस्या नरहेको अध्यक्ष कोइरालाले बताए ।
नेपाली सेनाले पनि बैकिङ सेवालाई अत्यावश्यक सेवाका रुपमा राख्दै उनीहरुलाई आफ्नो परिचयपत्रको आधारमा कार्यालय आउजाउ गर्नसक्ने बताएको छ । नेपाल राष्ट्र बैंकले पनि नेपाली सेनाले जारी गरेको विज्ञप्ति समेतको आधारमा बैंकिङ सेवा सुरु गर्न निर्देशन दिएको थियो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाले आफ्नो व्यावसायिक निरन्तरतालाई मध्यनजर गर्दै अत्यावश्यक सेवा दिन आग्रह गरेको छ । ‘नेपाली सेनाको मिति भदौ २५ मा जारी विज्ञप्ति नं. १६ अनुसार आवतजावत हुनेगरी सीमित कर्मचारीबाट आफ्ना संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा सुचारू गर्न हो, नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै भनेको छ । अन्य प्रणालीको हकमा जोखिमको आधारमा रिमोट एक्सेस अर्थात घरबाटै सञ्चालन गर्ने व्यवस्था मिलाउन र सञ्चालनमा गर्न आग्रह गरेको छ । सन्चालनमा आएका शाखा, एटीएम र उपलब्ध सेवासम्बन्धी सूचना आफ्नो वेवसाइट तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउन पनि राष्ट्र बैंकले एक सूचना मार्फत आग्रह गरेको छ ।