नेफ्स्कूनले सहकारी संघसंस्थाका लागि जारी गरेको विज्ञप्ति
काठमाण्डौं । मुलुकभरका बचत तथा ऋण सहकारी संघ संस्थाहरुको केन्द्रीय संघ नेफ्स्कूनले विज्ञप्ति जारी गर्दै नगद तथा ऋणसँग सम्बन्धी कानुनी कागजात तथा अन्य महत्वपूर्ण कागजात भल्टमा सुरक्षित राख्न आग्रह गरेको छ । नेफ्स्कूनले सात बुँदे विज्ञप्ति जारी गर्दै संघ संस्थाहरुलाई सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर सदस्यहरुलाई सेवा प्रदान गर्न समेत भनेको छ । सुरक्षाकर्मीसँगको समन्वयमा मात्र कार्यालय जान आउन तथा सेवा प्रवाह गर्न उसको आग्रह छ । सभ्भव भएसम्म आवश्यक कार्यहरु घरबाट नै गर्न नेफ्स्कूनको अपिल छ ।
