अन्ततः कारागार फर्किए लामिछाने

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागार फर्काउने तयारी भएको छ । कारागार व्यवस्थापन विभागका प्रवक्ता सोमेन्द्र न्यौपानेका अनुसार लामिछाने कारागार पुगिसकेका छन् । ललितपुर प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले पनि रविको कागजी प्रकिया पूरा गर्ने काम भइरहेको जानकारी दिएका छन् ।

जेनजी प्रदर्शन उग्र बनेपछि लामिछाने नक्खु कारागारबाट बाहिरिएका थिए । पार्टीका कार्यकर्ता र नेताहरूले उनलाई कारागारबाट निकालेका थिए । त्यसयता लामिछानेले पटक पटक आफू प्रक्रिया पुर्‍याएर मात्र कारागारबाट बाहिरिएको प्रष्टोक्ति दिँदै आएका थिए । शनिबार दिउँसो भने उनले आफू कारागार फर्किन लागेको फेसबुकमार्फत जानकारी दिएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *