नजिकिँदै गरेको दशैंलाई लक्षित गर्दै सुकिला नोट सटही सुरु
काठमाडौँ । नेपाल राष्ट्र बैंकसहित बैंक तथा वित्तीय संस्थाहरूले आइतबारदेखि नयाँ नोट सटही सुरु गरेका छन् ।
नजिकिँदै गरेको दशैंलाई लक्षित गर्दै सुकिला नोट सटही सुरु गरिएको हो । राष्ट्र बैंकले राष्ट्र बैंक लगायत बैंक तथा वित्तीय संस्थाहरूले आजदेखि सुकिला नोट सटहीको सुविधा उपलब्ध गराएको जानकारी दिएको छ । बैंकहरूले गत वर्षदेखि नयाँ नोट सटही गरेका छैनन् । गत वर्षको दशैंमा पनि सुकिला नोट मात्रै सटही गरिएको थियो । यस पटक पनि सुकिला नोट सटहीको व्यवस्था गरिएको हो ।
बैंकका अनुसार बैंकहरुले प्रतिव्यक्ति ५ रुपैयाँदेखि एक सय रुपैयाँ दरसम्मका सुकिला नोट प्रतिव्यक्ति बढीमा १८ हजार ५ सय रुपैयाँ सटही सुविधा दिएको छ । जसमा ५ रुपैयाँ दरका नोट भने नयाँ दिइरहेको छ ।