एक्सप्रेस साकोसको १७ औं बार्षिक साधारण सभा सम्पन्न

बनेपा । एक्सप्रेस बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सत्रौ बार्षिक साधारण सभा तथा स्थापना दिवस सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ईश्वर के.सी को सभापतित्वमा भएको सभामा संचालक समिति, लेखा सुपरिवेक्षण समिति तथा विभिन्न उपसमिति, कर्मचारी, र सदस्यहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा संस्थाका सचिव उद्धव प्रसाद तिमल्सिनाले आ.व. २०८१।०८२ को वार्षिक प्रतिबेदन कोषाध्यक्ष प्रेमकुमार लामाले आर्थिक प्रतिबेदन, लेखा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक पुजन श्रेष्ठले सभामा प्रस्तुत गरेका थिए । सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण थापाले स्वागत मन्तब्य राखेका थिए । सभामा संस्थाको शेयर पूँजी १ करोड, ७७ लाख ६८ हजार रहेको जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *