अब आइन्दा नजानेर पनि गलत नगरी काम गर्न निर्देशन
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पदभार ग्रहण गरेका छन् ।
मन्त्री खनालले पदभार ग्रहण गर्दै पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका छन् । पदभार ग्रहण गर्दै अर्थमन्त्री खनालले अब आइन्दा नजानेर पनि गलत नगरी काम गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री खनालले युवाहरुको बलिदानले आएको परिवर्तनलाई अगाडी बढाउन सहयोग गर्न आएको बताउदै अब हामी साच्चिनै पर्ने बताएका छन् ।
उनले युवाहरुले सुम्पेको जिम्मेवारीलाई अबदेखि कुनै गल्ति नगरी पुरा गर्न आफु प्रतिबद्ध रहेको बताए । उनले आगामी ६ महिना भित्र निर्वाचन गर्नैपर्ने भएकोले त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने बताए । उनले आफु सिंहदरबार छिरेको ४६ बर्ष भएको उल्लेख गर्दै आफुले यस्तो विध्वंस कहिल्लै नदेखेको बताए । उनले अब यो कालोधब्बा अर्थमन्त्रालयबाटै हटाउन शुरु गर्न कर्मचारीलाई निर्देशन दिए । साथै उनले यो काम चलाउ सरकार भएकाले नयाँ सवारी साधन नकिनेर भएका सवारी साधनले काम चलाउन आग्रह गरे ।