बाणिज्य बैंकहरूको नाफा साढे ८ अर्ब रुपैयाँ, ग्लोबल आइएमई अग्रस्थानमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को साउन महिनामा वाणिज्य बैंकहरूले साढे ८ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार बैंकहरूले पहिलो महिना नै ८ अर्ब ३८ करोड २९ लाख रुपैयाँ बराबर खुद नाफा आर्जन गरेका हुन् । साउनमा सबैभन्दा धेरै नाफा ग्लोबल आईएमई बैंकले गरेको छ । ग्लोबल आईएमईले एक महिनामै ७८ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस्तै, नबिल बैंकले ७१ करोड ६४ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)ले ६३ करोड ४२ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड ८३ लाख रुपैयाँ, नेपाल बैंकले ५५ करोड २७ लाख रुपैयाँ, प्राइम बैंकले ५० करोड ४९ लाख रुपैयाँ, कुमारी बैंकले ४९ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । राष्ट्र बैंकका अनुसार एभरेष्ट बैंकले ४८ करोड ३९ लाख रुपैयाँ, एनएमबि बैंकले ४६ करोड ६७ लाख रुपैयाँ, हिमालयन बैंकले ४० करोड ८९ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ४० करोड १३ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ३९ करोड ४४ लाख रुपैयाँ, सानिमा बैंकले ३९ करोड २ लाख रुपैयाँ खुद नाफा गरेका छन् । यस्तै, एनआईसी एशिया बैंकले ३१ करोड ९३ लाख रुपैयाँ, प्रभु बैंकले ३० करोड २३ लाख रुपैयाँ, सिटिजन्स बैंकले २७ करोड २४ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २७ करोड १६ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले २६ करोड ५२ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकले १५ करोड ८९ लाख रुपैयाँ र कृषि विकास बैंकले ३७ लाख रुपैयाँ नाफा गरेको राष्ट्र बैंकको तथ्याङ्क छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *