संविधान दिवसको अवसरमा नेपाल टेलिकमद्वारा ‘संविधान दिवस अफर’ सार्वजनिक

काठमाण्डौं । नेपाल टेलिकमले संविधान दिवस तथा राष्ट्रिय दिवस–२०७२ को घोषणा भएको एक दशक पूरा भएको अवसरमा ‘संविधान दिवस अफर २०८२’ सार्वजनिक गर्ने भएको छ। यो अफर असोज २ देखि असोज ४ गतेसम्म लागू हुनेछ। अफरअन्तर्गत, ग्राहकहरूले रु. ४९ मा १ दिनका लागि १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र प्रयोग गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा पाउनेछन्।
त्यसैगरी, विभिन्न डाटा प्याकेज पनि उपलब्ध हुने छन्—
रु. १११ मा ५ दिनसम्म ६ जीबी डाटा

रु. १९९ मा ७ दिनसम्म १३ जीबी डाटा

रु. २९९ मा १२ दिनसम्म २० जीबी डाटा

रु. ३९९ मा १५ दिनसम्म ३० जीबी डाटा
यसैअन्तर्गत, कम्पनीले रु. ७८९ मा विशेष ‘फेस्टिभ कम्बो प्याक’ पनि ल्याएको छ। प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड प्रयोगकर्ताका लागि ३० दिनसम्म मान्य रहने यो प्याकमा ३० जीबी डाटा, सबै नेटवर्कमा प्रयोग गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा तथा २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुनेछ। पोस्टपेड प्रयोगकर्ताले यो प्याक वा ३० जीबी डाटा प्याक खरिद गरेमा, शुल्क मासिक रेन्टल चार्जबाट नै काटिने सुविधा पनि पाउनेछन्। ग्राहकहरूले असोज २ देखि असोज ४ सम्म आफ्नो मोबाइलबाट ८ज्ञद्धज्ञछ८ज्ञज्ञ३ डायल गरेर वा नेपाल टेलिकम एपमार्फत यी प्याकेज खरिद गर्न सक्ने व्यवस्था मिलाइएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *