हिमालयन बैंकको चाबहिल शाखा बालुवाटारमा स्थानान्तरण
काठमाडौं । हिमालयन बैंकले चाबहिल शाखालाई स्थानान्तरण गरेको छ । बैंकले उक्त शाखालाई बालुवाटारमा सारेको हो । नयाँ शाखा एन एल कम्प्लेक्स, काठमाडौं महानगरपालिका वडा नं ०२, बालुवाटारमा रहेको छ । नयाँ ठाउँबाट बिहीबारदेखि सम्पूर्ण बैंकिङ सेवा उपलब्ध हुने जनाइएको छ । शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोकशमशेर राणाले बैंकका उच्चपदस्थ कर्मचारी तथा अन्य अतिथिहरूको उपस्थितिमा गरेका छन् ।
















