जेनजी प्रदर्शनमा लुटपाट र चोरीमा संलग्न ३ जना पक्राउ

काठमाडौं । गत २३ र २४ गते भएको जेनजीहरूको प्रदर्शनका क्रममा लुटपाट तथा चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका–३० को रातोपुलस्थित एउटा घरमा ढुंगा, मुढा, तोडफोड र आगाजी गरेर नगद र सुनचाँदी चोरीमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा खोटाङको दिप्रुङ चुईचुम्पा गाउँपालिका–३० का २७ वर्षीय सुजन राई, सिन्धुपाल्चोक घर बताउने १९ वर्षीय नयुन श्रेष्ठ र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ का १८ वर्षीय अगम प्रजा छन् । उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *