मन्त्रीमा सिफारिस डा.मिश्रको नाम काटियो
काठमाडौं । स्वास्थ्य मन्त्रीमा सिफारिसमा परेकी डा. संगीता मिश्रको नाम तत्कालका लागि होल्डमा राखिएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार आइतबार राति पाँच जना मन्त्रीको नाम सरकारले सिफारिस गरेको थियो । सिफारिस गरिएको नाममध्ये एक संगीता मिश्रको नाम तत्कालका लागि होल्डमा राख्न फेरि आग्रह गरिएका कारण मन्त्रीहरु नियुक्ति हुन सकेको छैन । सरकारले फेरि नाम पठाउने कि त्यसैलाई सच्याउने भन्ने विषयमा अहिले परामर्श हुँदै गरेको ती अधिकारीले जानकारी दिए । मिश्राविरुद्ध अख्तियारमा भ्रष्टाचार सम्बन्धी मुद्दा रहेका कारण उनलाई तत्काल मन्त्री बनाउन नहुने निष्कर्षमा प्रधानमन्त्री सुशीला कार्कीसहितका मन्त्री पुगेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।