दसैँ घरमा राखियो जमरा
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दुहरूको महान् पर्व बडादसैँ आजबाट सुरु भएको छ । घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ । नदी वा चोखो स्थलबाट बालुवा, माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दसैँ घरमा विधिपूपर्वक जौ, मकैको जमरा राख्ने गरिन्छ । आज हनुमानढोका दरवारस्क्वायरको दसैँ घरमा पनि विधिवत् रूपमा बिहान ९ः१३ को शुभसाइतमा जमरा राखिएको छ ।