भविष्य साकोसको १६ औं वार्षिक साधारण सभा सम्पन्न

भक्तपुर । सु.न.पा.–३, देवडोल, बालकोटस्थित भविष्य बचत तथा ऋण सहकारी संस्था लिको १६ औं वार्षिक साधारण सभा संस्थाका अध्यक्ष तेजबहादुर च्वामु श्रेष्ठको सभापतित्व र संस्थाका संस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार ज्ञानकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा आश्विन ४ गते म.थि.न.पा.–४, शंखधरचोकस्थित शंखधर बैंक्वेटमा सम्पन्न भयो । नेपाल सरकार सहकारी नियमन प्राधिकरण, ललितपुरको २०८२ भाद्र १७ गतेको सहकारी संस्थाको साधारण सभा बारेको निर्देशन अनुसार संस्थाका शेयर सदस्यहरुमात्रको उपस्थितिमा संस्थाका उपाध्यक्ष सरस्वती घिमिरेको स्वागत मन्तव्यबाट शुरु भएको उक्त कार्यक्रम राष्ट्रियगान, नगर गान पश्चात दिगंवत शेयर सदस्यहरुको सम्झनामा १ मिनेट मौनधारण लगतै प्रमुख अतिथिबाट खुत्रुकेमा पैसा खसालेर कार्यक्रमको समुद्घाटन भएको थियो ।

संस्थाका सचिव विश्वनाथ ढुङ्गेलबाट आ.व. २०८१।०८२ को वार्षिक प्रगति प्रतिवेदन तथा आगामी वर्ष २०८२।०८३ को कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष गंङ्गाराम श्रेष्ठबाट आर्थिक प्रतिवेदनका साथै आगामी आर्थिक वर्षको बजेट र लेखा सुपरिवेक्षण समितिको तर्फबाट सुनिता के सीबाट लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका सचिव विश्वनाथ ढुङ्गेलबाट सञ्चालित उक्त सभामा संस्थाको शेयर सदस्यहरुको तर्फबाट शेयर सदस्य हेमा दाहाल, सल्लाहकार राजकुंंमार कार्की र प्रमुख अतिथि ज्ञानकृष्ण श्रेष्ठबाट शुकामना मन्तव्य दिनुहुँदै विषम परिस्थितिमा पनि संस्थाले प्रगति गर्न सफल भएकोमा सह्राहना गर्नुभएको थियो । अन्तमा सभाका सभाध्यक्षएवं संस्थाका अध्यक्षबाट धन्यवाद मन्तव्य सहित सभा विसर्जन गर्नुभएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *