सीजीको साना घरायसी उपकरण किन्दा भियतनाम घुम्ने र हिरो स्पिलेन्डरं बाइक पाउने मौका
काठमाडौं । नेपालकै अग्रणी र भरोसायोग्य ब्राण्ड सीजीले यस वर्षको चाडपर्वलाई अझ विशेष र उत्साहपूर्ण बनाउन सीजी तथा सीजी मेरिडिया सिग्नेचर सिरिज अन्तर्गत साना घरायसी उपकरणमा विशेष उपभोक्ता योजना सार्वजनिक गरेको छ। यस योजनाले गुणस्तरीय उत्पादन खरिद गर्ने ग्राहकहरूलाई केवल आधुनिक जीवनशैली प्रदान गर्दैन, बरु तिनलाई आकर्षक पुरस्कार जित्ने अवसरसमेत दिन्छ । “भित्र्याऔँ खुशी र समृद्धि #LevelUpWithसीजी” भन्ने मूल सन्देशसँग यो योजना सुरु गरिएको कम्पनीले जनाएको छ । सीजीले लामो समयदेखि नेपाली उपभोक्ताका लागि विश्वसनीय र प्रगतिशील इलेक्ट्रोनिक्स उत्पादनहरू ल्याउँदै आएको जनाएको छ । चाडपर्वको मौकामा ग्राहकको उत्साह र सन्तुष्टिलाई अझ प्रगाढ बनाउन, यसपटक उपभोक्ताहरूलाई जीवनमा खुशी र समृद्धि भित्र्याउने उद्देश्यले यो अभियान ल्याइएको कम्पनीले जनाएको छ । यस योजनाले ग्राहकलाई गुणस्तर, नवप्रवर्तन र पुरस्कारको समिश्रण प्रदान गरी उनीहरूको जीवनलाई अझ सहज र रोचक बनाउनेछ।
अभियानको अन्त्यमा भाग लिने भाग्यशाली विजेताले पाउनेछन् :
अविस्मरणीय भियतनाम ट्रिप
हिरो स्पिलेन्डरं मोटरसाइकल
फ्रन्टनाइट्ली लक्की ड्र
योजना अवधिभर प्रत्येक १५ दिनमा आयोजना हुने लक्की ड्रमा थुप्रै ग्राहकहरूले आकर्षक पुरस्कार जित्ने मौका पाउने र यसले उपभोक्तामा थप उत्साह जाग्नेछ कम्पनीको विश्वास छ।
सहभागिता प्रक्रिया
यस योजनामा सहभागी हुन ग्राहकहरूले सीजी मेरिडिया सिग्नेचर सिरिज अन्तर्गत साना घरायसी उपकरण खरिद गरी उत्पादनमा रहेको क्यूआर कोड स्क्यान गरी आवश्यक विवरण भर्नुपर्नेछ। यसरी दर्ता भएका ग्राहकहरू स्वतः लक्की ड्रमा सहभागी हुनेछन्।
योजना सञ्चालन र उपलब्धता
यो योजना भदौ २० गतेदेखि देशभरिका सीजी डिजिटल आउटलेटहरू र आधिकारिक च्यानल पार्टनरहरू मार्फत सञ्चालनमा आएको छ।