दशैँको मुखमा जेन्जी आन्दोलनले पारेका प्रभाव

काठमाडौ । नेपालको सामाजिक, सांस्कृतिक र धार्मिक जीवनमा बडा दशैँलाई सबैभन्दा महत्वपूर्ण चाड मानिन्छ । यो केवल धार्मिक उत्सव मात्र नभई परिवार, समाज र राष्ट्रलाई एकतामा बाँध्ने सेतुको रूपमा रहने पुलको काम गरेको छ । भाद्र २३ गतेदेखि शुरु भएर झन्डै २७ घण्टामा मथ्थर भएर निष्कर्षमा पुगेको दिनमा उग्र बन्दै जेन्जी आन्दोलनले यसपालिको दशैँलाई पनि अछुतो राख्न सकेको छैन । आन्दोलनको स्वरूप, प्रभाव र त्यसले ल्याएको सामाजिक–राजनीतिक हलचलले दशैँको माहोलमा ठूला प्रभाव पारेको देखिन्छ ।
१. सामाजिक उत्सवमा खलल
दशैँलाई परिवारसँग भेटघाट गर्ने, गाउँघर फर्किने, भोजभतेर र मेलमिलापको पर्वको रुपमा सबै नेपालीले मान्ने गछ्र्न। तर जेन्जी आन्दोलनका कारण कतिपय स्थानमा यातायात अवरुद्ध, सडक अवरोध र सुरक्षात्मक दृस्ठिकोणका लागि चालिएका कदमहरूका कारण कडाइ हुँदा मानिसहरूलाई यात्रा गर्न कठिन भएको छ । राजधानीदेखि ग्रामीण भेगसम्म आन्दोलनका कारण यात्रा असहज बनेपछि पर्वको पारिवारिक मेलमिलाप प्रभावित भएको छ । उदाहरणका लागि, केही जिल्लामा आन्दोलनकारीले तोडफोड गरेका घटनाले यात्रु बस चल्न नसक्दा गाउँ फर्किनेहरुको संख्या घटेको देखियो ।
२. बजार र अर्थतन्त्रमा असर
दशैँ नेपाली उपभोक्ताका लागि सबैभन्दा ठूलो किनमेल गर्ने उत्सव र समय हो । कपडा, जुत्ता, गाडी, इलेक्ट्रोनिक्स सामानदेखि कृषि उत्पादनसम्मको व्यापारमा चहलपहल हुने गर्दछ । तर आन्दोलनकै कारण बजारमा अनिश्चितता बढेको छ । बन्द, हड्ताल र तोडफोडका कारण व्यापारीहरूले पसल खुलाउन डराएका छन् । यसले उपभोक्ता खर्च घटाएको छ र दैनिक मजदुरीमा निर्भर वर्गलाई रोजगारीमा संकट थपेको छ। कतिपय व्यापारीहरूले ‘दशैँ बिक्री’ को आशामा राखेका सामान बिक्री नभएपछि घाटा बेहोर्नुपरेको छ ।
३. सांस्कृतिक कार्यक्रम र मेलामा अवरोध
दशैँका अवसरमा गाउँ–सहरमा मेला, जात्रा, नाचगान, सांस्कृतिक कार्यक्रमहरू हुने गर्दछन् । तर जेन्जी आन्दोलनका कारण केही स्थानमा यस्ता कार्यक्रमहरू रद्द गर्नुपरेको छ । भीडभाडमा सुरक्षा चुनौती बढ्ने देखिएकाले प्रशासनले कडाइ गरेको छ । यसले दशैँको सामूहिक रमाइलोपनमा कमी ल्याएको छ । विशेष गरी साना सहर र गाउँ–घरमा हुने झाँकी, देवीको पूजा–आजा र सामूहिक भोजमा सहभागीताको संख्या घट्ने देखिन्छ ।
४. परिवारभित्र विचार भिन्नताको असर
जेन्जी आन्दोलन युवा पुस्ताले नेतृत्व गरेको आन्दोलन हो । उनीहरूको माग भ्रष्टाचार अन्त्य, सुशासन र अवसरको समानताको पक्षमा केन्द्रित छ । तर पुराना पुस्ताले आन्दोलनलाई फरक दृष्टिले हेर्ने गरेका छन् । दशैँका बेला जब परिवारभित्र राजनीतिक बहस सुरु हुन्छ, त्यहाँ जेन्जी आन्दोलनको प्रभाव स्पष्ट देखिन्छ । टाडा टाडा रहेका आफन्त र परिवारका सदस्य परिवारमा पुग्न नसकेर पारिवारिक मेलमिलाप हुन नसक्ने स्थिति टड्कारो रुपमा देखिने अवस्था आउने दिखिन्दै छ । विगत बर्षहरुमा दशै–तिहार जस्ता मुख्य चाडहरुमा देखिने उत्साहमा कमी आउने देखिदैछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *