सिटिजन्स बैंकको लाभांश घोषणा

काठमाडौं । सिटिजन्स बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । सिटिजन्स बैंकको शुक्रबारको सञ्चालक समिति बैठकले उक्त दरमा लाभांश दिने घोषणा गरेको हो । बैंकले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण घोषणा गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *