आज र भोलि नेप्से नखुल्ने, बैंक र बीमा कम्पनीहरुले पनि सीमित सेवा मात्रै दिने

काठमाडौं । नेपाल सरकारले सार्वजनिक विदा दिने निर्णय गरेपछि आज र भोलि नेपाल स्टक एक्सचेन्ज नखुल्ने भएको छ । सरकारले दशैंमा घर गएकाहरु कार्यस्थलमा फर्कने क्रममा भिषण बर्षाले व्यापक मात्रामा प्रभावित हुने भएपछि विपद व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार विदा दिने निर्णय गरेको हो । सार्वजनिक विदा दिने निर्णय सरकारले गरिसकेकोले आज र भोलि शेयर कारोबार पनि हुने छैन ।

विदाको दिन र शुक्रबार शेयर कारोवार नहुने नेपालमा प्रचलन रहेको छ । उता, बैंक तथा बीमा कम्पनीहरुले पनि आपतकालिन सेवा मात्रै दिने छन् । कतिपय कर्मचारीहरु कार्यस्थलमा फर्किन बाँकी भएको तथा सरकारले समेत विदा दिने निर्णय गरेकोले सामान्य बैंकिङ सेवा सीमित शाखाहरुबाट मात्रै प्रवाह हुनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *