प्राधिकरणमा दर्ता हुन सहकारी संस्थाले दाखिला गर्नैपर्ने विवरण
ललितपुर । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाहरूको दर्ता अभिलेखिकरणका लागि चाहिने विवरण केहि समयअघि सार्वजनिक गरेको छ । प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता तथा अभिलेखीकरण मापदण्ड, २०८२ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । सहकारी संस्थाहरूले प्राधिकरणले तोकेको अनलाइन पोर्टलमार्फत विवरण बुझाउनुपर्नेछ । बुझाउनुपर्ने विवरणका ३ खण्ड रहेका छन्ः आधारभूत विवरण, वित्तीय विवरण र अन्य । प्राधिकरणले तोकेको अनलाइन पोर्टल तयारीको क्रममा रहेको छ । सो पूर्ण रूपमा तयार भएपछि ६० दिनको म्याद दिएर संस्थाहरूलाइ दर्ता अभिलेखिकरण खुलाएको सूचना गरिने जनाइएको छ ।
खुलाउनुपर्ने विवरण यसप्रकार रहेका छन्ः
आधारभूत विवरण
१. सहकारी संस्थाको नाम (नेपाली र अंग्रेजीमा), ठेगाना, सम्पर्क नं।, इमेल, कार्य प्रकृति, दर्ता मिति, दर्ता भएको कार्यालय र ठेगाना, कार्यरत कर्मचारी संख्या
२. वेबसाइट र सफ्टवेयरको नाम
३. शेयर सदस्य संख्या र कूल शेयर रकम
४. कार्यान्वयनमा रहेको विनियम, कार्यविधि, नीतिको नाम तथा जारी मिति
५. सञ्चालक समितिको विवरण नाम, पद, ठेगाना, लिङ्ग, सम्पर्क नं।, व्यक्तिगत प्यान नं।, नागरिकता नं। र जारी जिल्ला र राष्ट्रिय परिचयपत्र नं, पदावधि (शुरु मिति र अन्तिम मिति)।
६. लेखा सुपरिवेक्षण समितिको विवरण नाम, पद, ठेगाना, लिङ्ग, सम्पर्क नं., व्यक्तिगत प्यान नं., नागरिकता नं. र जारी जिल्ला, राष्ट्रिय परिचयपत्र नं., पदावधि शुरु मिति र अन्तिम मिति।
७. प्रमुख कार्यकारी अधिकृत वा महाप्रबन्धक वा व्यवस्थापक वा प्रबन्धकको विवरण नाम, पद, ठेगाना, लिङ्ग, सम्पर्क नं।, व्यक्तिगत प्यान नं., नागरिकता नं. र जारी जिल्ला, राष्ट्रिय परिचयपत्र नं., पदमा कार्यरत अवधि
८. सञ्चालनमा रहेका इकाई, सेवा केन्द्रको विवरण (ठेगाना, सम्पर्क नं.)
९. कार्यक्षेत्र
१०. सहकारी संस्थाको दर्ता प्रमाणपत्र र स्थाई लेखा नम्बर प्रमाणपत्र
११. अद्यावधिक करचुक्ता प्रमाणपत्र
१२. रकमको आधारमा ठूला १०० शेयर सदस्यको विवरण (नाम, ठेगाना र शेयर रकम)
१३. रकमको आधारमा ठूला १०० बचतकर्ता सदस्यको विवरण (नाम, ठेगाना र बचत रकम)
१४. रकमको आधारमा ठूला १०० ऋणी सदस्यको विवरण (नाम, ठेगाना र ऋण रकम)
वित्तीय विवरणः गत दुई आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण
१. शेयर पूँजी
२. जगेडा तथा कोषहरु जगेडा कोष, संरक्षित पूँजी फिर्ता कोप, सहकारी प्रवर्धन कोप अन्य कोष।
३. कूल जोखिम भारित सम्पत्ति तथा पूजी कोषको विवरण (प्राथमिक पूँजी कोष र अनुपाता र कूल पूँजी कोष रअनुपात)
४. सहकारी संस्थाले निजी कम्पनी र घर जग्गामा गरेको लगानी
५. कूल निक्षेप (साधारण, नियमित र आवधिक) र कूल ऋण प्रवाह असल, कमसल, शंकास्पद, खराव, तथा कूल ऋण नोक्सानी व्यवस्था (वर्गीकरण अनुसार(
६. ऋण पुनर्तालिकीकरण (रकम र संख्या)
७. निष्कृय कर्जा रकम र अनुपात
८. कूल सम्पत्ति र कूल दायित्व
९. कूल संचालन आम्दानी तथा खर्च र अन्य आम्दानी तथा खर्च
१०. खुद नाफा नोक्सान
११. लेखा परीक्षकको नाम, ठेगाना, सम्पर्क नं , र आइक्यान सदस्यता नं.,
अन्य विवरण
१. पछिल्लो दुई वर्षको साधारण सभा सम्पन्न भएको मिति, उपस्थिति संख्या र उपस्थिति प्रतिशत
२. गत आर्थिक वर्षमा सञ्चालक समितिको बैठक बसेको कूल संख्या
३. संघहरुसँगको आवद्धताको विवरण
४. विवरण प्रविष्टी गर्नेको नाम, पद, सम्पर्क नं, मिति
५. विवरण रुजु गर्नेको नाम, पद, सम्पर्क नं।, मिति
६. कार्यकारी प्रमुखको स्वघोषणा
दर्ता दस्तुर
प्राधिकरणले सहकारी संस्था दर्ता अभिलेखीकरण र सञ्चालन इजाजतपत्रका लागि दस्तुर समेत तोकेको छ । कुल सम्पत्तिका आधारमा वर्गीकृत संस्थाहरुले बुझाउनुपर्ने दस्तुर यसप्रकार रहेको छ ।
गत आर्थिक वर्षको लेखापरीक्षण गरिएको वित्तीय विवरण अनुसार कूल सम्पत्ति वा कूल पूँजि तथा दायित्वः
१. २ करोडसम्म भएमा रु. १,०००
२. २ करोड भन्दा बढी १० करोडसम्म रु. ३,०००
३. १० करोड भन्दा वढी २५ करोडसम्म रु. ५,०००
४. २५ करोड भन्दा बढी ५० करोडसम्म रु. ७,०००
५. ५० करोड भन्दा वढी १ अर्बसम्म रु. १०,०००
६. १ अर्व भन्दा बढी रु. १५,०००