शिवम् सिमेन्ट र युनियन हाइड्रोपावरको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार भारी अंकले बृद्धि भएको छ । कारोबार सुरु भएको तीन मिनेटमै ४ प्रतिशतले बृद्धि भएको नेप्से परिसूचक आज २२.५९ अंकले बृद्धि भएर २५८२ को बिन्दुमा कायम भएको छ । बिहीबार शिवम् सिमेन्टको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज कुल २७ करोड ३४ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको छ । साथै, युनियन हाइड्रोपावरको पनि २७ करोड १२ लाख रुपैयाँको कारोबार भएको छ । साथै, आज हिमालयन रि इन्स्योरेन्सको २० करोड ९३ लाख रुपैयाँ, नेपाल रि इन्स्योरेन्सको २० करोड सात लाख रुपैयाँ, हिमालयन डिस्टीलरीको १६ करोड ७१ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।