ओली र लेखकविरुद्धको जाहेरी आयोगबाट प्रहरीमै फिर्ता

काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वमा रहेको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरूद्ध परेको जाहेरी फिर्ता गरेको छ । आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रहरीबाट प्राप्त जाहेरीलाई फिर्ता पठाइएको जानकारी दिएको हो ।

भदौ २३ र २४ गते भएका घटनालाई लिएर परेका जाहेरी प्रहरीले आयोगमा पठाएको थियो । तर, आयोगले प्रहरीमै फिर्ता पठाएको हो । आयोगका अनुसार मृतक रसिक खतिवडाका बुबा पुरुषोत्तम खतिवडासमेत चारजनाको जाहेरी प्रहरीमा परेको थियो । तर, फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने कार्य आफ्नो कार्यक्षेत्रभित्र नपरेको आयोगले बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *