सामाजिक सञ्जालमा आएका टीकाटिप्पणीप्रति नेपाली सेनाको ध्यानाकर्षण

काठमाडौं । नेपाली सेनाले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका टीकाटिप्पणीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रबार एक अपिल जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो । हालको संवेदनशील अवस्थामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संस्था र नेतृत्वलाई जोडेर विभिन्न प्रकारका टीकाटिप्पणी र धारणाहरू सम्प्रेषण भएकोमा नेपाली सेनाको ध्यानाकर्षण भएको छ । नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको तथ्य समेत जानकारी गराउँदछौँ, सेनाले विज्ञप्तिमा जनाएको छ ।

भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनमा सेनाले बहन गरेको भूमिकाप्रति विद्वतवर्ग, समाजसेवी, सञ्चारकर्मी तथा आम नागरिकहरूबाट प्राप्त भएका विभिन्न रायसुझाव तथा समालोचनात्मक अभिव्यक्तिप्रति सेनाले आभार व्यक्त गरेको छ । आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढंगले मूल्यांकन गरी छिटोभन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकताअनुसार पहलता लिएको अवगत गराउन चाहन्छौँ, अपिलमा भनिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *