कार्यवाहक सभापति तोक्न देउवालाई शशांकको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कार्यवाहक सभापतिको जिम्मेवारी तोक्न पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् । शनिबार ९असोज २५० पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग उनले केन्द्रीय समिति विघटन गरेर महाधिवेशनका निम्ति एकजनालाई कार्यवाहक सभापति तोक्न देउवालाई सुझाव दिएका हुन् ।

कार्यवाहक सभापतिले नै नियमित महाधिवशेनको मिति तय गर्नुपर्ने आफ्नो व्यक्तिगत भावना रहेको उनले बताए । आउँदो मंसिरमा हुने गरी पार्टी महाधिवेशनको मिति तय हुन सक्ने उनले उल्लेख गरे । कोइरालाले निर्वाचनका निम्ति कांग्रेस तयार रहेको भन्दै अरू दलसँग पनि पार्टीले संवाद गर्नुपर्ने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *