भक्तपुरमा एकै रात दुई घरबाट १२ लाखभन्दा बढीको धनमाल चोरी

काठमाडौँ । भक्तपुरमा एकै रात दुई छुट्टाछुट्टै स्थानमा चोरी भएको छ। चोरहरूले नगद, सुन र चाँदीका गरगहना गरी करिब १२ लाख ८९ हजार रुपैयाँभन्दा बढीको धनमाल चोरेका छन्। पहिलो घटना सूर्यविनायक नगरपालिका १० भंगालमा भएको हो। यहाँ ३८ वर्षीय सकुल ढकालको घर बाट गए राति नगद, सुन तथा चाँदीका विभिन्न गरगहना गरी करिब ७ लाख ४९ हजार २ सय ५५ रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

यसैगरी, सोही रात भक्तपुरको मध्यपुर थिमी नगरपालिका(३ मा डेरा गरी बस्ने सिन्धुपाल्चोकका जीवन श्रेष्ठको कोठाबाट पनि चोरी भएको छ। उनको कोठाबाट नगद, सुन र चाँदीका गरगहना गरी करिब ५ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ। प्रहरीले दुवै चोरीमा संलग्न हाल फरार रहेका व्यक्तिहरूको खोजी गर्नुका साथै घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *