एनआईसी एशिया बैंकले गर्यो घातक रोगको १० लाख भुक्तानी

काठमाडौँ । एनआईसी एशिया बैंकले कपिलवस्तुका गुजराती राइदासको परिवारलाई घातक रोगको बीमा वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ । बैंकले न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत ‘डायमण्ड श्रेणी’ को खाता खोलेकी राइदासको उपचारको क्रममा मृत्यु भएपछि उनको पतीलाई बीमा रकम भुक्तानी गरेको हो ।

निजको पति भगौती प्रसाद राइदासलाई यस बैंकको लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्कीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । लाभदायीलाई नेको इन्स्योरेन्ससँगको सहकार्यमा उक्त बीमा रकम भुक्तानी गरिएको हो । यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका ९३८ जना भन्दा बढी ग्राहकहरूले घातक रोग बीमा वापत १ करोड ८० लाख, दुर्घटना बीमा वापत ३ करोड र मेडिकल बीमा वापत २ करोड ६१ लाख गरी कुल ४ करोड ७१ लाखभन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *