भेप प्रकरणमा पूर्वसभामुख महरा पक्राउ

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई ललितपुर महानगरपालिका–२६, खुमलटारस्थित निवासबाटै पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी मनोज केसीले जानकारी दिए । सीआईबीका अनुसार, सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० थान इलेक्ट्रिक सिगरेट (भेप)मा भन्सार छलेर सुन ल्याइएको सुनबाट आपराधिक लाभ लिएको आरोपमा उनलाई पक्राउ गरिएको हो । उनीमाथि झन्डै आठ करोड ५५ लाख रुपैयाँबराबरको सुन बेचबिखनमा संलग्न रहेको आरोप लागेको छ ।

भन्सार ऐन, २०६४ तथा संगठित अपराध कसुरमा पक्राउ गरिएको सीआईबीले जनाएको छ । उहाँ पहिले भेप प्रकरणमा हाजिरी जमानीमा छुट्नुभएको थियो । अहिले थुनामै राखेर अनुसन्धान गर्नुपर्ने देखिएकाले पक्राउ गरिएको हो, केसीले भने । प्रहरीका अनुसार, ०७९ पुस १० गते फ्लाई दुबईको विमानबाट नेपाल आएका चिनियाँ नागरिक ली हानसोङले अवैधरूपमा ल्याएको भेपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जफत गरिएको थियो । उनले दुईवटा सुटकेसभित्र ७३ बट्टामा ७३० थान भेप ल्याएका थिए । यसमा महराको संलग्नता रहेको आरोप लागेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *