ओलीले प्रस्ताव गरे महाधिवेशनको मिति, पोखरामा मंसिर २७ देखि २९ गतेसम्म हुने
काठमाण्डौं । नेकपा एमालेको महाधिवेशन मंसिर मसान्तमा गर्ने गरी प्रस्ताव भएको छ। आज बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७ देखि २९ गतेसम्म ११ औं महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्। अध्यक्ष ओलीले महाधिवेशन पोखरामा आयोजना गर्ने प्रस्ताव पनि गरेका छन्। अध्यक्ष ओलीले केन्द्रीय समितिमा पेस गरेको राजनीतिक प्रस्तावमा ११ औं महाधिवेशन मिति र स्थानबारे उल्लेख छ। यसअघि सचिवालय बैठकले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको थियो।