कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
काठमाण्डौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्नेछ। बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक सुरू भएको थियो। दोस्रो दिनको बैठक शुक्रबार बिहान ११ बजेदेखि सुरू हुनेछ। आजको बैठकमा विभिन्न एजेन्डाहरूमा आधारित रहेर केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतमा बिहीबार बसेको बैठकमा खड्का, महामन्त्री गगन थापासहित केही नेताहरूले धारणा राखेका थिए। बैठकमा नेता शेखर कोइराला, मोहन बस्नेत, देवेन्द्रराज कँडेल, शिव हुमागाईं, राजीव कोइराला, गुरू बराल र नृपबहादुर वडले धारणा राखेका थिए। कांग्रेस बैठकमा अधिकांश नेताहरूले नियमित महाधिवेशनका पक्षमा बोलेका छन्। मंसिरभित्रै नियमित महाधिवेशन गर्न नसके विशेष महाधिवेशनमा जानुपर्ने केही नेताहरूको धारणा छ। कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशन मंसिरभित्रै गर्न सके विशेष महाधिवेशन माग गर्नेहरूको माग पनि सम्बोधन हुने कुरा राखेका थिए। नेता शेखर कोइरालाले महामन्त्रीहरूले मंसिरभित्रै नियमित महाधिवेशनका लागि कार्यतालिका ल्याए त्यसमा आफ्नो समर्थन रहने बताएका छन्।