काठमाडौँ जिल्लामा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गर्दै तिहारको समयमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने जनाएको हो । व्यवस्थित,मर्यादित,अनुशासित ढङ्गले देउसी–भैलो खेल्न समेत आग्रह गरिएको छ ।